एसिडपीडितको जीवनभरको उपचार खर्च सरकारले व्यहोर्ने

सरकारले एसिड आक्रमणमा परी घाइते भएकाहरुको जीवनभरको उपचारको जिम्मा लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमणमा परी घाइतेहरुको उपचारको समपूर्ण जिम्मा सरकारले लिने निर्णय गरेको हो । 

यस्तै, सरकारले एसिड पीडितहरूको क्षमता विकास तथा सीप विकास, शिक्षा र रोजगारीका लागि पनि सरकारले व्यवस्था गर्ने भएको छ । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सीप विकासको अवसर मिलाउँदै योग्यताअनुसारको रोजगारी पनि उपलब्ध गराउने निर्णय भएको बताए । यस्तै, पेसा व्यवसाय तथा स्वरोजगार हुन चाहनेका लागि सहुलियत पूर्ण ऋण उपलब्ध गराउनेसमेत निर्णय भएको छ ।
  
एसिड आक्रमणमा परी घाइते भएकाहरूलाई अस्पतालसम्म पुर्याउने बेलासम्म सफा पानी खन्याउँदै लैजानुपर्छ भन्ने जनचेतनाका कार्यक्रम समेत सञ्चालन गरिने सरकारले निर्णय गरेको छ । यस्तै, भदौ २५ गतेलाई एसिड आक्रमण विरुद्धको जागरण दिवसका रुपमा मनाउने निर्णय पनि सरकारले गरेको छ । 

यस्तै १५ दिनभित्र कानुनको मस्यौदा तयार गर्ने र सरकारका निर्णयहरुको कार्यान्वयनका लागि मुख्य सचिवको संयोजकत्वमा प्रत्येक मन्त्रालयका सचिव सदस्य रहने गरी समिति गठन गर्ने निर्णय पनि भएको छ । जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट मुख्य सचिवले तोकेको एकजना सहसचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ । 





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १९:२६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया