विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला नियुक्त

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् ।

कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बाहिरिएसँगै सरकारले लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाएको हो । 

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सोमबार कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेका हुन् ।

उनी वरिष्ठताका आधारमा निमित्त कार्यकारी निर्देशक तोकिएका हुन् । कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । 





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १९:५७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया