करेन्ट लागेर तीन बालबालिकाको मृत्यु

मंगलबार घोराहीमा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु भएको छ । मोटर जोडेर पानी तान्‍ने क्रममा करेन्ट लाग्दा उनीहरुको मृत्यु भएको हो । 

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० उत्तर अमराईका ८ वर्षीय प्रशान्त चौधरी, ४ वर्षीया रेणुका चौधरी र ३ वर्षीय अमृत चौधरी छन् । 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार स्थानीय कुलोमा मोटर जोडेर पानी तान्‍ने क्रममा कुलोमा खेल्न गएका बालबालिकालाई करेन्ट लागेको हो ।

मोटरको तार सर्ट भएर करेन्ट लागेको हुन सक्‍ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार २०:२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया