पाकिस्तानी प्रधानमन्त्रीले भने– बलात्कारीको अण्डकोष झिक्नुपर्छ

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले  ‘मोटरवे ग्याङ रेप’ले सिंगो मुलुकलाई नै त्रसित बनाएको जनाएका छन् । उनले बढ्दो यौनहिंसा रोक्नका लागि बलात्कारीलाई कडा सजाय दिनुपर्ने बताएका छन् । 

उनले यतिसम्म कडा सजायको प्रस्ताव गरेका छन् कि उनले भनेका छन्, बलात्कारीलाई सार्वजनिक स्थलमा झुण्ड्याउने अथवा रसायन प्रयोग गरेर ती व्यक्तिका अण्डकोष झिक्नुपर्छ । 

प्रहरीले सार्वजनिक गरेको बलात्कारका उजुरीले आफू स्तब्ध भएको भन्दै उनले बलात्कारीलाई कतिसम्म कडा कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्ने बताएका छन् । 

गत हप्ता मात्रै लाहोर सहरनजिकै कारमा रहेकी महिलालाई सडकमा निकालेर बलात्कार गरिएको घटना सार्वजनिक भएको थियो ।





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार २०:२१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया