काठमाडौंमा बुधबार बिहान महसुस गरिएको भूकम्प ६ रेक्टर स्केल मापन गरिएको छ ।
भूकम्प मापन केन्द्रले जनाएअनुसार यो भूकम्पको केन्द्रबिन्दू सिन्धुपाल्चोक जिल्लाको राम्चे रहेको छ । बुधबार विहान ५ बजेर १९ मिनेटमा गएको भूकम्पका कारण काठमाडौंमा चर्को धक्का महसुस भएको थियो ।
यो भूकम्पको धक्का कास्की लमजुङमा समेत महसुस गरिएको थियो ।
भूकम्पको धक्का महसुस भएपछि काठमाडौं विहान मानिसहरु खुला चउर वा बाहिर सडकमा निस्किएका थिए ।
सिन्धुपाल्चोकमा पछिल्ला महिना प्राकृतिक विपत्तिका कारण निकै धेरै नोक्सान भइसकेको छ । यो भूकम्पले पु¥याएको क्षतिबारे जानकारी आइसकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।