इङ्गल्याण्ड–अष्ट्रेलिया निर्णायक एक दिवसीय आज

इङ्गल्याण्ड तथा अष्ट्रेलियाबीच जारी ३ खेलको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल बुधबार म्यानचेस्टस्थित इमिरेट्स वल्र्ड ट्राफोर्ड मैदानमा नेपाली समय अनुसार साँझ पौने ६ मा हुनेछ ।

सिरिज १–१ को बराबरीमा रहेकाले दुबै टोली आजको खेलमा जित निकाल्दै सिरिज कब्जा गर्ने दाउमा हुनेछन् ।

आजको खेलमा जित निकाल्दै पाहुना टोली अष्ट्रेलिया ५ वर्षपछि इङ्गल्याण्डमा एक दिवसीय सिरिज जित्न चाहन्छ । सन् २०१५ मा भएको ५ खेलको सिरिजमा ३–२ को जित हात पारे यता अष्ट्रेलियाले इङ्गल्याण्डमा एक दिवसीय सिरिज जित्न सकेको छैन ।

त्यसयता इङ्गल्याण्डमा भएका २ एकदिबसीय सिरिजमा दुबैमा अष्ट्रेलिया पराजित भएको छ । 

इङ्गल्याण्ड पनि ५ वर्ष यताको अपराजीत यात्रालाई जारी राख्न चाहान्छ । पछिल्लो खेलमा जित हात पारेको इङ्गल्याण्ड आजको खेलमा उच्च मनोवलको साथमा मैदानमा उत्रिनेछ ।  

घरेलु टोली इङ्गल्याण्ड इयन मोर्गानको कप्तानीमा तथा पाहुना टोली अष्ट्रेलिया आरोन फिंचको कप्तानीमा मैदानमा उत्रिनेछन् । 



पहिलो खेलमा अष्ट्रेलिया १९ रनले विजयी हुदा दोस्रो खेलमा इङ्गल्याण्ड २४ रनले विजयी भएको थियो ।



  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार १२:५४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया