कियाका गाडी किन्न एनआईसी एशिया बैंकको ऋण


‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ वित्तीय सेवा दिँदै आएको एनआइसी एशिया बैंकले किया ब्रान्डका गाडी खरिदका लागि ऋण दिने भएको छ । बैंकले किया ब्रान्डका सवारीसाधनको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेनिङ इन्टरप्राइजेजसँग सहकार्य गरी सुविधा दिन लागेको हो । 

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा कन्टिनेन्टलका सहायक निर्देशक आशिष पौडेलले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै कन्टिनेन्टलले बैंकलाई फाइनान्स पार्टनर बनाउने र बैंकले किया ब्राण्ड गाडी खरिद गर्दा सहज रुपमा कर्जा प्रदान गरिने बताइएको छ । 

बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाले भरिपूर्ण कर्जामार्फत किया ब्रान्डका कार खरिद गर्न सकिने बैंकले जनाएको छ । सहकार्यसँगै निजी सवारी साधन खरिदमा काठमाडौं उपत्यकाका उपभोक्ताले प्रशासनिक शुल्क भुक्तानी गर्न नपर्ने बताइएको छ । 

यस बैंकले उक्त चमत्कारिक सवारी कर्जामार्फत ग्राहकलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको छ । यस सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत अधिकतम रू. २ करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ । बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने बताइएको छ । 

कियाका देशभरका सम्पूर्ण डिलरबाट ग्राहकले यो सुविधा लिन सक्ने समझदारीमा उल्लेख छ । यस सँगै सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा घरजग्गा दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ । 

बैंकको ‘सुपर चमत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका निमित्त बैंक र ऋणीको बिचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्नेछ । एक वर्ष पश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।



यस कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकको गुनासो वा जिज्ञासाको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले बैंकले ‘सवारी कर्जा सहायता डेस्क’ स्थापना गरेको छ । यसका लागि सवारी खरिद गर्न चाहनुहुने महानुभावहरूले ९८४१७६३५८५ नम्बरमा सिधै फोन गर्न सक्नुहुनेछ । यस बाहेक ३४४८८ मा लोन टाइप गरी एसएमएस मार्फत थप जानकारी प्राप्त गर्न सकिनेछ । साथै बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ तथा इमेल ठेगाना मार्फत समेत कर्जाबारे जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।

हाल बैकले देशभर ३२६ शाखा, ४६६ एटिएम, १०२ एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङमार्फत वित्तीय सेवा प्रदान गर्र्दै आएको छ ।
 



  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार १५:१९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया