टोटनहम फर्किने बेलको चाहाना

स्पेनिस क्लब रियल मड्रिडका स्टार खेलाडी गारेथ बेलले इङ्गलिस क्लब टोटनहम फर्किने इच्छा व्यक्त गरेको उनका एजेन्ट जोनाथन बर्नेटले जनाएका छन् । 

‘बेललाई अझै पनि टोटनहम मन पर्छ,’ बर्नेटले बिबिसीसंगको कुराकानीमा बताए । ‘उनको इच्छा टोटनहम फर्किने नै हो, हामी यसको छलफलमा जुटिसकेका छौं ।’ बेल सन् २०१३ मा त्यतिबेलाको कीर्तिमानी रकम १०० मिलियन युरोमा रियल मड्रिड पुगेका थिए । उनले रियल मड्रिडका लागि २५१ खेलमा १५१ गोल गरेका छन् । यो अवधिमा रियलले ४ च्याम्पियन्स लिग तथा २ ला–लिगाको उपाधि जितेको छ  । 

प्रशिक्षक जिनेदिन जिदानको रोजाइमा पर्न नसकेका बेलले अघिल्लो सिजनमा मात्र १६ खेल खेल्ने मौका पाएका थिए । जिदानले बेल आफ्नो योजनामा नरहेको व्यवस्थापनलाई बताएपछि पछिल्लो समय क्लबले उनलाई कुनै पनि परियोजना तथा कार्यक्रममा सहभागी गराएको छैन ।
 
वेल्सका यी ३१ वर्षीय विंगरलाई भित्र्याउन टोटनहमका प्रशिक्षक जोसे मोउरिन्होले पनि चासो देखाएका छन् । बेलले वेल्सका लागि ८५ खेलमा ३३ गोल गरेका छन् । बेल र रियलबीचको सम्झौता अझै २ वर्ष बाँकी छ । 
 





  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार १५:२६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया