पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या १,५३९ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर १५३९ जना कोरोना संक्रमित थपिएका हुन् ।
प्रवक्ता गौतमका अनुसार देशभर सक्रीय संक्रमितको संख्या १६,२४२, रहेको यसमध्ये संस्थागत आइसोलेसनमा ८,५४१ होम आइसोलेसनमा ७, ७०१ जना संक्रमित रहेका छन् ।
२४ घण्टामा पीसीआर परीक्षणको संख्या १०, ४९४
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १,०६८ रहेको छ । हालसम्म डिस्चार्ज हुने संक्रमित ४१,७०६ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन्।
आइसीयूमा उपचाररत संक्रमितको संख्या १७३ र भेन्टिलेटरमा २६ जना संक्रमित छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।