अबदेखि मृत्युपछि कसैको पनि कोरोना परीक्षण नगरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोही कोरोना शंकास्पद बिरामीको मृत्यु भएको त्यसको पीसीआर परीक्षण नगर्ने जानकारी दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको निर्णय अनुसार यस्तो निर्देशिका जारी गरिएको गौतमको भनाइ छ ।
शंकास्पद बिरामीको मृत्यु भएमा शव व्यवस्थापन गर्दा उच्च सावधानी अपनाउने, सम्पर्कमा आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने तर मृतकको परीक्षण भने नगर्ने प्रवक्ता गौतमले बताए ।
नेपालमा कोरोनाबाट मृत्यु भएका भनिएका करिब ५० प्रतिशतमा मृत्युपछि कोरोना पुष्टि भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।