उपत्यकामा थप संक्रमित ७३७ जना, ८ जनाको मृत्यु

२४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ७३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ६५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जना संक्रमित थपिएका हुन् ।

२४ घण्टामा ४ जना महिला र ४ जना पुरुष गरी ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।





  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार १७:९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया