रोकिएको लाइसेन्स वितरण बिहीबारदेखि सुरु

कोरोनाका कारण रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)  वितरण असोज १ बाट हुने भएको छ । काठमाडौंको ठूलो भर्याङस्थित यातायात व्यवस्था सवारीचालक अनुमतिपत्र कार्यालयले सूचना निकालेर बिहीबारदेखि लाइसेन्स वितरण थाल्ने जनाएको हो ।

लाइसेन्स प्रिन्ट भए\नभएको यकिन गरेर लिन आउन कार्यालयले सेवाग्राहीलाई आग्रह गरेको छ । लाइसेन्स वितरण बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै हुने बताइएको छ ।यातायात व्यवस्था विभागले माग भएर आएका सबै लाइसेन्स प्रिन्ट गरेर सम्बन्धित कार्यालयमा पठाइसकेको जनाएको छ ।

जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेपछि लाइसेन्स वितरण रोकिएको थियो । निषेधाज्ञा खुकुलो बनाएपछि आइतबारबाट अधिकांश यातायात कार्यालय खोलिएको भए पनि लाइसेन्स वितरण हुन सकेको थिएन ।  

लाइसेन्स वितरण थाल्दा भीडभाड बढ्ने र संक्रमणको जोखिम हुने भएकाले लाइसेन्स वितरण तत्कालै नगर्ने बताइएको थियो । कोरोना केही सहज भएपछि वितरण गरिने बताइएको भएपनि बिहिबारबाट स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर लाइसेन्स वितरण सुरु हुने भएको हो ।
 





  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार १७:५०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया