भक्तपुर सामूहिक हत्या प्रकरणः श्रीमती र छोराको हत्यापछि आत्महत्या

२६ भदौमा भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको एक घरमा निकै ठूलो सन्नाटा छाएको थियो । यो सन्नाटाको कारण थियो– घरमा भएका सबै सदस्यको शव त्यो दिन घरमा भेटिएको थियो । 

यो घर थियो, सुदीप अधिकारीको । सुदीपका भाइ सुनिल दाजुको घरमा मासु लिएर त्यो साँझ पुगेका थिए । तर, पहिलो, दोस्रो र तेस्रो तलामा उनले दाजु सुदीप, भाउजू सम्झना र भतिज सुशान्तको शव देखे । यतिमात्र होइन, घरको कुकुरको शव पनि त्यही दिन घरमा भेटियो । 

साँझ पाँच बजे उनले प्रहरीलाई खबर गरे । 

घरको मूल ढोका खुलै थियो । त्यसैले प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको थियो, बाहिरबाट कसैले आएर यो हत्या पो गरेको हो कि ? तर, केही समयमा प्रहरीको आशंका सुदीपमा तेर्सियो । सुदीपले नै यो हत्या गरेको हुनसक्ने अनुमान प्रहरीले गर्न थाल्यो । यसको एउटा आधार थियो, उनकी श्रीमती र छोराको शव उनको भन्दा बढी गलेको थियो ।

अब यो घटनामा भेटिएका शवको पोस्टमार्टम रिपोर्ट आएको छ । रिपोर्टले प्रहरीले गरेको यो अनुमानलाई थप बल पुगेको छ ।

अब प्रहरीले ३६ वर्षका सुदीपले ३४ वर्षकी श्रीमती र १५ वर्षका छोराको हत्या गरेको पत्ता लगाएको छ । अनि यसपछि उनले आत्महत्या गरेको रिपोर्ट प्रहरीले पत्ता लगाएको हो । 



पोस्टमार्टम रिपोर्टका अनुसार धारिलो हतियार गरि सुदीपले श्रीमती र छोराको हत्या गरेका रहेछन् । अनि त्यसको २४ घन्टापछि विष सेवन गरेर आफूले आत्महत्या गरेका रहेछन् । श्रीमतीलाई टाउकोमा प्रहार गरि र छोराको घाँटी रेटी उनले हत्या गरेको आधार पोस्टमार्टम रिपोर्टमा भेटिएको अनुसन्धानमा संलग्न एक प्रहरीले फरकधारलाई बताएका छन् । 

यो घटनाबारे फरकधारले यसअघि गरेका यी दुई स्टोरी र यो भिडियो हेर्नुहोस्ः
 



भक्तपुर हत्याको गुत्थीः ऋणको बोझ र पारिवारिक झगडा, छोराको शवमा ​ओडाइएको थियो कात्रो

 

  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार १८:२९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया