महानगरीय प्रहरी वृत्त थिमीका ६३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

महानगरीय प्रहरी वृत्त थिमी र सो मातहतका कार्यालयमा कार्यरत ६३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

केही दिनअघि वृत्तमा कार्यरत एक सय ३० जनाको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएको थियो । 

उनीहरुमध्ये ६३ जनामा कोरोना पुष्टि भएको सो वृत्तले जनाएको छ । यति धेरै संख्याका प्रहरीलाई एकैपटक कोरोना संक्तमण भएपछि वृत्तको काम–कारबाही प्रभावित बनेको छ । 

संक्रमित प्रहरीहरुलाई खरिपाटीस्थित आइसोलेसन केन्द्रमा राखिएको छ । दुईजनालाई भने बोडेको आइसोलेसनमा राखिएको छ ।





  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार १८:३४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया