चन्द्रागिरी केबलकार बिहीबारदेखि सञ्चालनमा आउने

सरकारले लकडाउन घोषणा गरेपछि बन्द अवस्थामा रहेको चन्द्रागिरी केबलकार बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । 

चन्द्रागिरी हिल्सले भाद्र २९ गते बसेको मन्त्रिपरिषदको निर्णयलाई टेकेर केबलकार सञ्चालन गर्न लागेको हो । 

केबलकार र रिसोर्टलाई करिब ५० प्रतिशत कम मान्छे जम्मा हुने गरी सञ्चालनमा ल्याउन लागिएको बताइएको छ । 

यसअघि एउटा केबलकारमा ८ जना यात्रा गराइने गरिएकोमा अब चारजनाभन्दा बढी यात्रु एउटा केबलकारमा चढ्न दिइने छैन । 

नेपाल सरकारले तोकेको र विश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर केबलकार र रिसोर्ट सञ्चालन गर्ने तयारी रहेको व्यवस्थापन पक्षले जानकारी गराएको छ । 





  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार २०:३८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया