पेट्रोलियम पदार्थमा मिसावट गरेको आरोपमा दुईजना पक्राउ

नेपाल प्रहरीले पेट्रोलियम पदार्थमा मिसावट गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ बस्ने २६ वर्षीय राजेश विश्वकर्मा र मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ नवलपुर बस्ने २९ वर्षीय सन्तोष खड्का छन् । पक्राउ परेका दुवैजना आयल निगमका ट्याङ्कर चालक हुन् । 

नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले करारनामा गरेर चलाएका उक्त दुई ट्याङ्करमा इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल लोड गरी ल्याउने गरिएको छ ।

आयल निगमको अमलेखगञ्जमा रहेको डिपोमा पेट्रोलको गुणस्तर चेकजाँच गर्दा दुवै ट्याङ्करमा मिसावट रहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

पक्राउ परेका दुई​जनाविरुद्ध कालो बजार तथा अन्य सामाजिक अपराध ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गरिएको छ । अनुसन्धानका लागि १० दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार २०:४९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया