शान्तिश्री परियारको साथमा दुर्गाले ल्याए ‘बनचरी’
फरकधार / ३१ भदौ, २०७७

एक साताअघि मात्रै ‘दशैँ–तिहार’ गीत बजारमा ल्याएका गायक दुर्गा लामिछानेले पुनः अर्को गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । 



यसअघि दुर्गालाई गायनमा आशा बिसीले साथ दिएकी थिइन् भने यसपटक चर्चित गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् । 

सन्तोष सुवेदीको शब्दमा रहेको गीतमा देव सेनको लय छ भने सुनील परियारले एरेन्ज गरेका छन् । धिताल फिल्म्स प्रालिको ब्यानरमा आएको गीतको म्युजिक भिडियोलाई होम धितालले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा करिश्मा ढकाल, कृष्ण पन्त र गजेन्द्र पन्तको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी निरेन श्रेष्ठले गरेका हुन् भने सम्पादन रोशन धितालको छ ।

गीतको भिडियो:

  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार २१:१०:५५,   अन्तिम अपडेट : भदौ ३१, २०७७ बुधबार २१:१२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया