नेपालमा पछिल्लो समय कोरोनाभाइरसको प्रभाव बढ्न थालेको छ ।
आजबाट सरकारले यसअघि लगाएका सबै निषेधाज्ञाहरु हटाएको छ । त्यसैले थप सतर्कता नपनाउने हो भने कोरोना संक्रमण झन् बढ्न सक्ने अनुमान गरिएको छ ।
कोरोनाभाइरसका कारण अहिलेसम्म सबैभन्दा प्रभावित जिल्ला हो काठमाडौं । काठमाडौंमा मात्र अहिलेसम्म १० हजार ५ सय ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ ।
काठमाडौं कोरोनाका कारण सबैभन्दा धेरैले ज्यान गुमाएको जिल्ला पनि हो । काठमाडौंमा अहिलेसम्म ६५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
नेपालमा कोरोनाका कारण दोस्रो प्रभावित जिल्ला पर्सामा अहिलेसम्म २ हजार ५ सय ४१ कोरोना संक्रमित भेटिएका छन् । त्यहाँ ४४ जनाले ज्यान गुमाइसकेका छन् ।
कोभिड १९ कै कारण २० जनाभन्दा बढीको मृत्यु भएको अर्को जिल्ला हो मोरङ । मोरङमा २ हजार ३ सय ५१ जना संक्रमित हुँदा २५ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।