मेरो सेयरको मोबाइल एप सञ्चालनमा, आइओएसमा भने केही दिन लाग्ने

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले मेरो सेयरको मोबाइल एप सञ्चालनमा ल्याएको छ । सिडिएससीले एप तयार गरी बुधवार बेलुकादेखि गुगल प्लेस्टोरमा राखेको हो । 

यसअघि सञ्चालन गर्दै आएको मेरो सेयर सफ्टवेयरलाई थप सरल, प्रयोगकर्ता मैत्री एवम् सहज रुपमा प्रयोग गर्ने उद्देश्य अनुरुप सोही सफ्टवेयरको मोबाइल एप परीक्षणका लागि सञ्चालनमा ल्याइएको सिडिएससीले जनाएको छ । 

मेरो सेयरको वेब भर्जनमा रहेका सुविधामध्ये हाल माई आस्बाभित्र रहेका सुविधा बाहेकका सबै सेवा  एपमा उपलब्ध छ । छिट्टै नै माई आस्बासहितको सम्पूर्ण सुविधा सामेल गरी पूर्ण रुपमा सञ्चालमा ल्याउने बताइएको छ । 

हाल परीक्षणका रुपमा सञ्चालनमा रहेको भए पनि एपमार्फत गरिने सम्पूर्ण कारोबार आधिकारिक हुने हुँदा होसियारी पूर्वक प्रयोग गर्नु पर्ने बताइएको  छ । परीक्षणको क्रममा रहेको यो मोवाइल एप हाल एन्ड्रोइड अपरेटिङ सिस्टममा मात्र उपलब्ध छ । आइओएस अपरेटिङ सिस्टममा भने केही दिनपछि उपलब्ध हुने बताइएको छ । 


मेरो सेयर सफ्टवेयरमा लगानीकर्ताले आफ्नो हितग्राही खातामा मौज्दात रहेको धितोपत्रको विवरण हेर्न, बजार मूल्यको आधारमा कायम भएको पोर्टफोलियो हेर्न, आफ्नो स्वामित्वमा रहेको धितोपत्रको लागतको भारित औषत गणना गर्न, धितोपत्रको कारोबार पछिको राफसाफका लागि आफ्नो सम्बन्धित राफसाफ सदस्यलाई हस्तान्तरण गर्नका लागि विद्युतिय निर्देशन पूर्जी जारी गर्न तथा प्राथमिक बजारमा सार्वजनिक निष्कासन भएका सेयरमा आवेदन गर्न सक्ने सुविधा रहेको छ । 

मोवाइल एपमा भने हाल प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा आएका सेयरमा आवेदन दिन सक्ने बाहेकका सबै सुविधा उपलब्ध रहेको सिडिएससीको भनाइ छ ।
 





  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार १५:२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया