जब स्टार्कले बलिङ बीचमै रोकेर इङ्ल्याण्डका ब्याट्सम्यानलाई चेतावनी दिए (भिडियो)

बुधबार राति भएको इङ्ल्याण्ड र अस्ट्रेलियाबीचको खेलमा अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कको एक चेतावनी चर्चित बनेको छ।

४९औं ओभरमा स्टार्क बलिङ गरिरहेका थिए ।  क्रिजमा इङ्ल्याण्डका आदिल रशिद र क्रिस वोक्स ब्याटिङ गरिरहेका थिए । ४९औं ओभरको ५औं बल फाल्नका लागि स्टार्क दौडिएका थिए, उनले बल फाल्न नपाउँदै ननस्ट्राइकमा रहेका आदिल रशिद रन लिनका लागि स्टार्कभन्दा अगाडि दौडिन थाले र त्यसपछि स्टार्कले बल फाल्न रोकी रशिदलाई चेतावनी दिएर क्रिजमा फर्काए।

भारतका सामजिक सञ्जाल प्रयोगकर्ताले यो भिडियो सेयर गर्दै भारतीय क्रिकेटर रविचन्द्रन अश्विनलाई यसबाट केही सिक्न सल्लाह दिएका छन् ।

 
विस्तारै त्यो भिडियो भाइरल बन्यो ।  त्यही भिडयो एक व्यक्तिले ट्विटरमा भारीतय अफ स्पिनर रविचन्द्रन अश्विनलाई ट्याग गर्दै लेखेका छन् । ‘स्टार्कबाट केहिी सिक अश्विन खेल यसरी खेलिन्छ ।’ 

 



अश्विनले पनि यसको जवाफ दिँदै लेखेका छन् ‘म राम्रो लडाई लड्नमा विश्वास राख्छु ,केहीदिन प्रतिक्षा गर म फेरी आउनेछु ।’

अश्विनलाई यी प्रयोगकर्ताले यसो भन्नुको कारण गतवर्ष आइपीइलमा उनले गरेको विवादास्पद रनआउट हो ।  गत वर्षको आइपीएलमा किंग्स इलाभेन पंञ्जावका कप्तानसमेत रहेका अश्विनले राजस्थान रोयल्यसका जोस बटलरलाई यस्तै अवस्थामा कुनै चेतावनी नै नदिइ रन आउट गराएका थिए । त्यसले मान्यता पनि पायो । तर त्यो खेल भावना विपरितको हर्कत भन्दै आलोचना भएको थियो । 



इङ्ल्याण्ड र अष्ट्रेलियाबीचको तेस्रो एकदिवसीय खेल निकै रोमञ्चक बन्यो ।  अस्ट्रेलिया हारतर्फ उन्मुख भइरहेका बेला ग्लेन म्याक्सवेल र एलेक्स केरीले शतकीय पारी खेल्दै अष्ट्रेलियालाई जित दिलाएका थिए । 

छैटौं नम्बरमा क्रिज आएका र केरी र सातौं नम्बरमा आएका म्याक्सवेलले २१२ रनको साझेदारी गरी अस्ट्रेलियाको जित पक्का गरेका थिए ।  

३०३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १७औं ओभरमा ७३ रनमा ५ विकेट गुमाउदै कमजोर स्थिति पुगेको थियो। ४८औं ओभरमा छैटौँ विकेटका रुपमा म्याक्सवेल आउट हुँदा अस्ट्रेलियाको २८५ रन थियो।  

 थियो तर म्याक्सवेलले ९० बलमा १०८ तथा केरीले ११४ बलमा १०६ रन प्रहार गर्दै अष्ट्रेलियालाई जित दिलाएका थिए । सिरिज अष्ट्रेलियाले २–१ आफ्नो पक्षमा पारेको थियो । 
 

  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार १६:५४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया