हिरासतमा मृत्यु भएको सम्बन्धमा अध्ययन गर्न उपसमिति बनाउने तयारी

संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले प्रहरी हिरासतमा भएको मृत्युको सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको छ । 

यसअघि प्रहरीको कुटाइबाट रौतहटमा एक व्यक्तिको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । सो घटनामा दोषी रहेको आरोपमा केही प्रहरीलाई निलम्बन गरिएको थियो । 

समितिको बिहीबार बसेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

संसदमा प्रतिनिधित्व रहेका दलका प्रमुख सचेतकहरुको सल्लाहमा उपसमिति बनाउने निर्णय गरिएको हो । 





  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार १६:४४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया