शपथ ग्रहणमा वामदेवका ६ पोज
शपथग्रहण अघि संसद सचिवालयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग उपाध्यक्ष वामदेव गौतम । फरकधार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम बिहीबारबाट औपचारिक रुपमा राष्ट्रिय सभा सदस्य भएका छन् । 

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले उनलाई शपथ खुवाएपछि उनी सांसद बनेका हुन् । बर्दिया १ बाट प्रतिनिधि सभा निर्वाचनमा काँग्रेस नेता सञ्जयकुमार गौतमसँग पराजित गौतम पटक पटकको प्रयासपछि राष्ट्रिय सभाका सांसद बनेका हुन् ।

शपथ कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीबाहेक अधिकांश शीर्ष नेताहरु सहभागी थिए ।

वामदेवलाई बधाई दिन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, संसदीय दलका उपनेता सुभाष नेम्बाङ लगायत पुगेका थिए ।

शपथअघि मास्क लगाउँदै संसद सचिवालय पुगेका उनले शपथको समयमा मास्क खुलेका थिए ।

तस्बिरमा शपथ ग्रहणको झलक :





  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार १९:४८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया