कोभिड–१९ पछि ६७ हजार नेपाली देश फर्किए

कोभिड–१९ पछि सरकारले नियमित तथा ‘उद्धार उडान’ मार्फत हालसम्म ६७ हजारभन्दा बढी नेपालीलाई नेपाल फर्काएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का अनुसार भदौ अन्तिमसम्म ६६ हजार ३१९ नेपाली देश फर्किएका छन् । यस्तै, असोज १ गते थप ९०१ जनासहित कुल ६७ हजार २२० जना स्वदेश फर्किएका छन् ।

बिहीबार मात्रै साउदी अरबबाट १५५ नेपाली स्वदेश फर्किएका छन् भने २ शव समेत ल्याइएको सिसिएमसीले जानकारी दिएको छ । बिहीबार चीनबाट ५०, मलेसियाबाट १४४, कतारबाट १८६, टर्कीबाट २२५ र दुबईबाट १४१ जना स्वदेश फर्किएका छन् ।

भदौ ३१ सम्मको अवधिमा विभिन्न ३० देशमध्ये सबैभन्दा धेरै युएईबाट १८ हजार ७९६ जना स्वदेश फर्किएका छन् । 

यस्तै कतारबाट ८ हजार ७४२, कुवेतबाट ७ हजार ५१७, मलेसियाबाट १० हजार ३२३, साउदीबाट ९ हजार ६१९ जना फर्किएका छन् । 

यस्तै अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, ओमान बहराइनलगायत देशबाट पनि उल्लेख्य संख्यामा नेपाली स्वदेश फर्किएका छन् ।





  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार २०:५२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया