पूर्व मोडलले लगाइन् ट्रम्पमाथि दुर्व्यवहारकाे आरोप

चर्चित अभिनेत्री तथा पूर्वमोडल एमी डोरिसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि न्युयोर्कमा सन् १९९७ मा आफूमाथि उत्पीडन गरेको आरोप लगाएकी छिन् । उनले युएस ओपन टेनिस टुर्नामेन्टको समयमा आफूमाथि ट्रम्पले यस्तो गरेको आरोप लगाएकी हुन् । 

डोरिसले बेलायतको समाचार पत्र द गार्जियनका लागि दिएको एक अन्तर्वार्तामा यो आरोप लगाएकी हुन् । उनले त्यति बेला आफ्नो उमेर २४ वर्षको मात्र भएको पनि बताएकी छिन् । 

यसको प्रमाणस्वरुप उनले त्यो कार्यक्रमको टिकट तथा फोटोका प्रतिहरु द गार्जियनलाई उपलब्ध गराएकी छिन् । यो तस्वीरमा अमेरिकी राष्ट्रपति ट्रम्प उनको अगाडि देखिन्छन् । त्यति बेला ट्रम्प एक नाम चलेको कारोबारी भएको पनि बताइएको छ । 

‘मैले विरोध गर्दागर्दै पनि ट्रम्पले मलाई कसेर समातेका थिए र उनका हातहरु मेरा शरीरका अंगमा चलेका थिए, म त्यहाँ चाहँदाचाहँदै पनि स्वतन्त्र हुन पाएकी थिइन,’ यी मोडलले भनेकी छिन् ।

तर, ट्रम्पले यी अभिनेत्रीसँग आफूले त्यस्तो गरेको कुरा अस्वीकार गरेका छन् । त्यसो त यसअघि सन् २०१६ मा विभिन्न महिलाले ट्रम्पमाथि यस्ता गम्भीर आरोप पनि लगाएका थिए ।





  • प्रकाशित मिति : असोज २, २०७७ शुक्रबार ५:१३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया