किसानसँग ‘मिलेर लड्न’ भारतीय मन्त्रीले दिइन् राजीनामा

किसान विरोधी अध्यादेश ल्याउन लागिएको भन्दै भारतीय केन्द्रीय मन्त्री तथा शिरोमणी अकाली दलकी नेता हरसिमरत कौर बादलले केन्द्रीय मन्त्री पदबाट राजीनामा दिएकी छिन् । 

उनले सामाजिक सन्जाल ट्विटरमा यो जानकारी पनि दिएकी छिन् । 

उनले लेखेकी छिन्, ‘किसान विरोधी अध्यादेश तथा विधेयकको विरुद्ध मैले केन्द्रीय मन्त्री पदबाट राजीनामा दिएकी छु । किसानकी छोरी तथा बहिनीका रुपमा म उनीहरुको साथमा उभिन पाउँदा निकै गर्व लागेको छ ।’

उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिएको राजीनामामा पनि भारत सरकारले ल्याउन लागेको कानुन किसान विरोधी भएको बताएकी छिन् । किसान विरोधी कुनै पनि विषयमा आफ्नो र आफ्नो दलको समर्थन नहुने पनि उनले बताएकी छिन् । यही कारण केन्द्रीय मन्त्रीका रुपमा आफू रहिरहन नहुने भन्दै राजीनामा दिएको उनले बताएकी छिन् । 

हजारौँ किसान सडकमा भएको यो समयमा किसानलाई नै मर्कामा पार्ने विधेयक ल्याएको सरकारमा आफू हुन नसक्ने उनले पत्रकार सम्मेलनमा बताएकी पनि छिन् । 





  • प्रकाशित मिति : असोज २, २०७७ शुक्रबार ५:५९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया