आजका लागि तोकिएको नेकपा सचिवालय बैठक सर्‍यो
फाइल फोटो

काठमाडौं । आजका लागि तोकिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठक आइतबारका लागि सरेको छ । शुक्रबार बिहान ११ बजेका लागि डाकिएको सचिवालय बैठक आइतबारका लागि सारिएको नेकपामा एक सचिवालय सदस्यले जानकारी दिए ।

भदौ २६ गते सकिएको स्थायी समिति बैठकले गरेका निर्णयहरूको कार्यान्वयनका लागि छलफल गर्न सचिवालय बैठक डाकिएको थियो । पार्टी एकता पहिलो पटक पूर्व माओवादीको केन्द्रीय कार्यालय रहेको पेरिस डाँडामा बैठक बस्ने निर्णय नेकपाले गरेको थियो ।

बुधबार दिउँसो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफलपछि सचिवालय बैठक तय गरिएको थियो।

बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषय, एमसीसी,  संवैधानिक राजनीतिक नियुक्ति, पार्टी एकीकरणका बाँकी काम लगायतका विषयमा छलफल हुने गरी तय भएको जानकारी स्रोतले दिएको थियो ।

नेकपामा सबैजसो सचिवालय बैठकहरू प्रधानमन्त्री निवास बालुवाटारमा हुँदै आएका थिए ।

आजको सचिवालय बैठकका विषयमा छलफल गर्न भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भेटवार्ता गरेका थिए ।





  • प्रकाशित मिति : असोज २, २०७७ शुक्रबार ८:५९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया