संसदको कानुन, न्याय तथा मानवअधिकार समितिले रिक्त रहेका संवैधानिक आयोगका पदमा तत्काल पदाधिकारी नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
मानवअधिकार संरक्षण र संवर्द्धन टेवा पुर्याउने संरचनाका रुपमा रहेका संवैधानिक आयोग पदाधिकारी विहीन हुन नहुने भएकाले तत्काल पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराइएको समितिका सभापति कृष्णभक्त पोखरेलले बताए । संविधानले नै व्यवस्था गरेका महिला आयोग, दलित आयोग, थारु आयोग, समावेशी आयोग लगायतका आयोगहरूमा छिटो पदाधिकारी नियुक्त गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइएको उनले बताए ।
समितिले देशका विभिन्न स्थानमा प्रहरी हिरासतमा मृत्यु भएका घटनाहरूको सत्यतथ्य पत्ता लगाउन ५ सदस्य रहेको समिति गठन गर्ने पनि निर्णय गरेको छ । मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दै आउँदो आइतबारसम्म प्रधामन्त्रीलाई प्रतिवेदन बुझाइसक्ने निर्णय पनि समितिले गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।