डा. केसी अनशनमा सरकारको ध्यान नगएकोमा नेपाल चिकित्सक संघको ध्यानाकर्षण

जुम्लामा आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न नेपाल चिकित्सक संघले आग्रह गरेको छ । 

संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी केसीको जीवन रक्षा गर्न माग गरेको हो । डा.केसी १९औं पटक अनशन बसेको ५ दिन बितिसक्दा पनि सरकारले कुनै चासो नलिएकोप्रति आफूहरुको ध्यानाकर्षण भएको संघले विज्ञप्तिमा जनाएको छ । 

‘चिकित्सा शिक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका अभियन्ता डा. के.सी.ले बिगत ५ दिनदेखि सुरु गर्नुभएको सत्याग्रहका सम्बन्धमा नेपाल सरकारले हालसम्म कुनै पनि चासो व्यक्त नगरेकोप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ। 

नेपालको चिकित्सा शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्यमा सबै नेपालीको पहुँचका लागि पटक–पटक अनशन बसेका केसीका माग तत्काल सम्बोधन गरी अभिलम्ब वार्ता गर्न संघले आग्रह गरेको छ। 





  • प्रकाशित मिति : असोज २, २०७७ शुक्रबार १४:४२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया