मेसीले जिते मासीसँगको ९ वर्षको लडाइँ

अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले आफ्नो नाम ट्रेडमार्कका रूपमा प्रयोग गर्न पाउने भएका छन् ।

युरोपियन कोर्ट अफ जस्टिसले बिहीबार मेसीको पक्षमा फैसला गरेपछि उनले आफ्नो नाम ट्रेडमार्कका रूपमा प्रयोग गर्न पाउने भएका हुन् ।

मेसीले सन् २०११ म स्पोर्टवेयर ब्रान्डका लागि आफ्नो थर ट्रेडमार्कका रूपमा प्रयोग गर्न निवेदन दिएका थिए तर साइकलका लागि आवश्यक पर्ने उपकरण तथा पोसाक उत्पादन गर्ने स्पेनिस कम्पनी मासीले नाम र लोगो उस्तै भएकाले मानिसमा द्विविधा ल्याउने भन्दै मुद्दा दर्ता गरेको थियो । 

स्थानीय अदालतबाट सुरु भएको मासी र मेसीबीचको लडाइ युरोपियन कोर्ट अफ कोर्ट जस्टिस र इयुको बैद्धिक सम्पत्ति कार्यालयसम्म पुगेको थियो ।

स्थानीय अदालतले सुरुमा मासीको पक्षमा फैसला सुनाएको थियो तर मेसीले उक्त फैसलाविरुद्ध साधारण अदालतमा मुद्दा हालेका थिए । 

युरोपियन न्याय अदालतले मेसीको लोकप्रियता धेरै भएकाले यी दुई ब्रान्डबीचको भिन्नता छुट्याउन मानिसहरू सक्षम रहेको बताउँदै मेसीको पक्षमा फैसला गरेको थियो । 



६ पटकका बालोन डी अर विजेता ३३ वर्षीय मेसी यो वर्ष सर्वाधिक कमाइ गर्ने फुटबलर हुन् । फोर्ब्सका अनुसार उनले यो वर्ष १ सय २६ मिलियन अमेरिकी डलर कमाइ गरेका छन् ।



  • प्रकाशित मिति : असोज २, २०७७ शुक्रबार १४:५७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया