आफ्नो पुनर्नियुक्तिको माग गरी प्रदर्शन नगर्न कुलमानको आग्रह
फाइल फोटो

विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा भइरहेका सडक प्रदर्शन रोक्न आग्रह गरेका छन् ।

कुलमानले शनिबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो पुनर्नियुक्तिको माग गर्दै भएको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

‘नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु ।’ कुलमानले विज्ञप्तिमा भनेका छन् 'प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ।’

कोरोना महामारीको उच्च जोखिमका बेला आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी प्रदर्शन नगर्ने आग्रह गरेका छन् ।

 ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९का कारण नेपाल पनि आक्रान्त भएको बेला सडकमा भीडभाड गरी प्रदर्शन नगरिदिनुहनु सबैलाई हार्दिक अनुरोध गर्दछु।’ कुलमानले भनेका छन् ।

आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी कुलमान भदौ २९ गते विद्युत प्राधिकरणबाट विदा भएका थिए। थप कार्यकालका लागि उनलाई नै नियुक्त गर्नुपर्ने माग राखी काठमाडौं उपत्यकाका लगायत देशका विभिन्न ठाउँमा प्रदर्शन हुँदै आएका छन्।





  • प्रकाशित मिति : असोज ३, २०७७ शनिबार ११:१०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया