थप १,२०४ जनालाई कोरोना, मृत्यु हुनेको संख्या ४०१

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या १,२०४ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर १, २०४  जना कोरोना संक्रमित थपिएका हुन्।   


 हालसम्म कुल संक्रमितको संख्या  ६२,७९७पुगेको छ।

प्रवक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७,१२९   छ । यसमध्ये संस्थागत आइसोलेसनमा  ९,१५३ होम आइसोलेसनमा  ७९४७ जना संक्रमित रहेका छन्।

२४ घण्टामा पीसीआर परीक्षणको संख्या १०,३३३  रहेको छ। 

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १,४४७  रहेको छ । हालसम्म डिस्चार्ज हुने संक्रमित ४५,२६७  जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन्।

आईसीयूमा उपचाररत संक्रमितको संख्या १७९  र भेन्टिलेटरमा ३५  जना संक्रमित छन् । 



पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट  ११ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ । 



  • प्रकाशित मिति : असोज ३, २०७७ शनिबार १६:२४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया