होम आइसोलेसनमा बस्न हेटौँडाबाट चितवन जाने क्रममा इन्जिनियरको मृत्यु

मकवानपुरको बकैया गाउँपालिकाका इन्जिनियरको सवारी दुर्घटनामा मृत्यु भएको छ । कोरोना पुष्टि भएर हेटौँडाबाट होम आइसोलेसनमा बस्नका लागि चितवन जाँदै गर्दा दुर्घटनामा परी उनको बाटैमा मृत्यु भएको हो । 

शनिबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिकामा चितवन भरतपुर—७ का २९ वर्षीय दीपेन्द्र अधिकारीको मृत्यु भएको हो । मोटरसाइकलमा जाँदा कसैलाई नछोइने र घरमा सुरक्षित ढंगले बस्ने सोचका साथ उनी एक्लै मोटरसाइकलमा चितवनतर्फ लागेका थिए । 

ना४९प २४०० नम्बरको मोटरसाइकलमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेका उनलाई चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा३ख ९६६४ नम्बरको मिनी बसले ठक्कर दिएको थियो । उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 





  • प्रकाशित मिति : असोज ३, २०७७ शनिबार १८:११:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया