चलचित्र प्राविधिकलाई राजेश हमालको पाँच लाख ६५ हजार सहयोग

अभिनेता राजेश हमालले कोरोना महामारीको कारण भएको लकडाउनका कारणले समस्या परेका नेपाली चलचित्रमा प्राविधिकका रुपमा काम गरेका ११३ जनालाई आर्थिक सहयोग गरेका छन् । उनले जनही पाँच हजारका दरले आर्थिक सहयोग गरेका हुन् ।

नेपाल प्राविधिक संघले आयोजना गरेको एक कार्यक्रममा हमालले जनही पाँच हजार रुपैयाँले ११३ जना प्राविधिकलाई सहयोग गरेका हुन् । 

नेपाल चलचित्र प्राविधिक संघमा १५ सयजना प्राविधिकको नाम सूचीकृत छ । तीमध्ये समस्यामा परेका प्राविधिकहरुलाई हमालले सहयोग गरेका हुन् ।  

हमाललाई ‘महानायक’को उपाधि नेपाल चलचित्र प्राविधिक संघले नै दिएको थियो ।





  • प्रकाशित मिति : असोज ३, २०७७ शनिबार १८:४८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया