हिजो आए आजै फर्किए नेपाली रेल, कानुन र कर्मचारी अभाव

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रतिष्ठाको विषय बनाएर बारम्बार भन्ने गरेको ‘नेपालको आफ्नै रेल’ शुक्रबार भारतबाट जनकपुर आइपुग्दा देशभर उत्साह छायो । प्रधानमन्त्री केपी ओलीको प्रशंसामा उनका समर्थकले निकै शब्द पनि खर्चे । 

कसैले लामो समयदेखिको प्रयासस्वरुप रेल आएको भन्दै यसमा प्रधानमन्त्री र उनका समर्थकले वाहवाही गर्नुको कुनै तुक नरहेको भन्दै प्रतिक्रिया पनि दिए । 

नेपाल ल्याइपुर्याएको भोलिपल्टै शनिबार ती रेल पुनः भारत फर्किएका छन् । रेल लिएर आएका भारतको कंकोण रेलवे कर्पोरेसनका कर्मचारीहरूले शनिबार दुवै रेल भारत फर्काएका हुन् । 

दुईजना ड्राइभर र दुई जना सहायक ड्राइभर र १६ जना कर्मचारीसहित शुक्रबार आएको रेल हस्तान्तरणको भोलिपल्टै भारत फर्काएको हो । 

नेपालमा रेल चलाउने कानुन नभएकाले र कर्मचारी पनि नभएकाले पुनः भारत फर्काएको बताइएको छ । बेलाबेलामा इन्जिन चलाइरहनुपर्ने भएकाले इन्जिनको हेरचाहका लागि कंकोण कम्पनीले अहिलेलाई फिर्ता लगेको हो । 





  • प्रकाशित मिति : असोज ३, २०७७ शनिबार २०:४८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया