अनसनस्थलबाट प्रहरीले डा. केसीलाई उठाएर लगे
डा‍. केसी जुम्लाकाे मन्दिरमा अनसन बसेका छन् ।

जुम्लामा अनसनरत् चिकित्सक डा. गोविन्द केसीमाथि प्रहरीले हस्तक्षेप गरेको जछ । 

जुम्लाको सिंहचौरमा रहेको बाबिर मस्टाे मन्दिरमा अनसनमा रहेका केसीलाई प्रहरीले शनिबार राति त्यहाँबाट अन्यत्र लैजान खोजेको हो ।

डा. केसीनिकट प्रितम सुवेदीले दिएको जानकारीअनुसार डा. केसीको इच्छाविपरित् अनसनस्थलबाट उठाएर लगिएको बताए । फरकधारसँगको टेलिफोन सम्पर्कमा प्रितमले भने, ‘सायद उहाँलाई अस्पताल लगेका होलान् । केही समयअघि एक हुल प्रहरी आएर उहाँको इच्छाविपरित अनसनस्थलबाट लगिएको हो ।’

यसअघि डा. केसी अनसन बसेपछि उनलाई आइसियूमा राखिनु पर्ने चिकित्सकले बताएका थिए । तर, डा. केसीले यसलाई अस्वीकार गर्दै आएका थिए । 





  • प्रकाशित मिति : असोज ३, २०७७ शनिबार २२:५३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया