तनावले हुन्छ अल्जाइमर

काठमाडौं– तनावका कारण शरीरमा जस्तो रासायनिक हर्मोनको उत्पादन हुन्छ, त्यसले अल्जाइमर (भुल्ने बिरामी) हुनसक्ने शोधहरुले देखाएका छन् । यसअघि गरिएका अध्ययनहरुले तनावका कारण शरीरमा कोर्टिकोस्टोरायड हर्मोनको उत्पादन हुने देखाएका थिए । जो मानिस धेरै तनाव लिन्छ, उसमा अल्जाइमर हुने सम्भावना तीन गुणाले बढ्ने अध्ययनहरुले देखाएका छन् ।

अमेरिकाको टेम्पल्स स्कुल अफ मेडिसिनमा गरिएको यो शोधले पाएको निष्कर्ष अनुसार तनावले अल्जाइमरको सुरुवातमा महत्वपूर्ण भूमिका खेल्छ । तनावका कारण सिर्जना हुने हर्मोनका कारण न्यरोनल सेललाई हानी पुग्ने र मानिसको स्मरण शक्ति कम हुँदै जाने शोधहरुले पत्ता लगाएका छन् । 
 





  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार ५:५६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया