बाँकेमा प्लाज्मा थेरापीबाट उपचार गराइरहेका कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप एक कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ ।

नेपालगन्जका ५९ वर्षका यी पुरुष भेरी अस्पतालमा उपचाररत् थिए । उनलाई निमोनियाको समस्या देखिएको बताइएको छ । 

२० भदौमा उपचारका लागि अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको त्यसको भोलिपल्ट पुष्टि भएको थियो । त्यसपछि प्लाज्मा थेरापीबाट उपचार भइरहेको थियो । शनिबारबाट भेन्टिलेटरमा राखिएको उनको शनिबार राति नै साढे ११ बजे निधन भएको हो । 





  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार ९:४९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया