आइपिएलमा दिल्ली र पञ्जाव प्रतिस्पर्धा गर्दै

इन्डियन प्रिमियर लिग (आइपिएल) को तेह्रौं सँस्करण अन्तर्गत आइतबार हुने खेलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले  किंग्स इलाभेन पञ्जावको सामना गर्नेछ ।

नेपाली समयअनुसार बेलुका पौने ८ बजे युएईको दुवईमा हुनेछ । हालसम्म उपाधिविहीन रहेका यी दुवै टोली आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् । 

हालसम्म यी दुई टोलीबीच २४ खेलमा प्रतिस्पर्धा हुँदा दिल्लीले १० तथा पञ्जावले १४ खेल आफ्नो नाममा गराएका छन् ।

दिल्ली क्यापिटल्स श्रेयस अयरको कप्तानीमा तथा पञ्जाव केएल राहुलको  कप्तानीमा मैदानमा उत्रिने छन् ।

युएइको पिच स्पिनर सुहाउँदो भएकाले आजको खेलमा दिल्लीका लागि अनुभवी स्पिनर द्वय रवीचन्द्रन आश्विन तथा अमित मिश्राले बलिङ कमान्ड सम्हाल्ने सम्भावना छ । उनीहरूलाई तिव्रगतिका बलर कगिसो रावडाले साथ दिनेछन् । त्यस्तै इशान्त शर्मा, मेहित शर्मा, एनरिच नोट्जे तथा डानियल साम्समध्य एकले मौका पाउनेछन् ।

दिल्लीको ओपनिङ युवा क्रिकेटर पृथ्वी शा तथा शिखर धवनले गर्ने सम्भावना छ ।  त्यस्तै मध्यक्रम विकेटकिपर ब्याट्सम्यान रषिभ पन्त, कप्तान श्रेयस अयर तथा सिम्रन हेटमायरले समहाल्ने छन् । तल्लो क्रममा अलराउन्डर मार्कस स्टोनिसले मौका पाउने सम्भावना छ । 



एक टिमले मात्र चार विदेशी खेलाडी खेलाउन पाउने भएकाले सन्दीपले आजको खेल खेल्ने सम्भावना निकै कम छ तर दुवईको पिचमा उनले मौका पाउन पनि सक्छन् ।

त्यस्तै पञ्जावको स्पिन आक्रमणमा मुजिव उर रहमानलाई रवी बिस्नोईले साथ दिने सम्भावना छ । त्यस्तै तिव्रगतिका बलर मोहम्मद सामीको जोडीका रूपमा सेल्डन कोट्रेल तथा क्रिस जोर्डनमध्य एक हुनेछन् ।



पञ्जावको ओपनिङ कप्तान केएल राहुल तथा मायंक अग्रवालले गर्ने सम्भावना छ । आजको खेलमा पञ्जावले क्रिस गेललाई बेन्चमानै राख्न सक्छ । गेललाई खेलाउँदा पञ्जावको बलिङ कमजोर बन्ने सम्भावना हुन्छ । मध्यक्रम निकोलस पुरन, मन्दीप सिंह तथा करुण नायरले सम्हाल्ने सम्भावना छ । तल्लो क्रम आक्रमक अलराउन्डर ग्लेन म्याक्सबेलले सम्हाल्ने छन् ।

दुवै टोलीमा ठूला सट प्रहार गर्न सक्ने ब्याट्सम्यान तथा विश्वस्तरीय बलर रहेकाले आजको खेल निकै रोमाञ्चक हुने धेरैको अनुमान छ ।

  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार १३:२४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया