नेतालाई झापड हान्छु भन्दै पेरिसडाँडा पुगेकी बालिका प्रहरी नियन्त्रणमा

नेताहरूलाई झापड हान्छु भन्दै नेकपा कार्यालय पेरिसडाँडा पुगेकी बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई पति भन्दै हिँडिरहेकी नेकपा कार्यकर्ता खड्कालाई प्रहरीले नेकपाको केन्द्रीय कार्यालय पेरिस डाँडाबाट नियन्त्रणमा लिएको हो । 

नेकपाको सचिवालय बैठक सुरु भइरहेका बेला ‘नेताहरूलाई झापड हान्छु भन्दै कार्यालयमा जबरजस्ती भित्र पस्न खोजेपछि खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर कोटेश्वर प्रभागमा राखेको हो । बैठक चलिरहेका बेला नेताहरू भेट्नुछ भन्दै पेरिस डाँडामा जबरजस्ती छिर्न खोजेपछि नियन्त्रणमा लिनुपरेको प्रहरीले बताएको छ । उनलाई कोटेश्वर प्रभागमा राखिएको र केहीबेरमा छाडिदिने बताइएको छ ।

गत बिहीबार मात्रै उनले पति दाबी गर्दै प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध जिल्ला अदालत काठमाडौंमा हालेको मुद्दा फिर्ता लिएकी थिइन् । राईसँग आफ्नो कुनै किसिमको सम्बन्ध नरहेको भन्दै उनले मुद्दा फिर्ता लिएर पनि पुरानै शैली देखाउन थालेकी हुन् ।

राईलाई पति दाबी गर्दै पार्टी कार्यालयमा मुद्दा दायर गरेकी खड्का तत्कालीन एमाले निकट युवा संघको सदस्य थिइन् । उक्त घटनापछि उनलाई पार्टीले कारबाही गरिसकेको छ । भने उनी मुद्दा मिलाइदिनुपर्यो भन्दै बालुवाटार, सिंहदरबार तथा विभिन्न नेताहरूको घर–घरमा धाउने गरेकी थिइन् ।

पछिल्लो पटक बालुवाटार र सिंहदरबारमा जबरजस्ती घुस्ने प्रयास गर्दै आएकी खड्कालाई अहिले भने बालुवाटार र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । सिंहदरबारको दक्षिण गेटमा उनको नाम समेत टाँसेर प्रवेशमा रोक लगाइएको छ । खड्का प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा ओलीको सचिवालयमा कार्यरत थिइन् ।





  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार १३:४२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया