दुई घण्टामै पिसिआर परीक्षणको रिपोर्ट दिँदै चितवन मेडिकल कलेज

चितवन मेडिकल कलेजले कोरोना पिसिआर परीक्षणको रिपोर्ट दुई घण्टामै दिन थालेको छ । अस्पतालले आइतबारदेखि ¥यापिड एन्टिजेन टेष्टमार्फत छिटो दिने सेवा सुरु  गरेको जनाएको छ । यसका लागि तीन हजार रुपैयाँ शुल्क लाग्ने अस्पतालको भनाइ छ ।

कलेजले गत भदौ ३ गतेबाट पिसिआर परीक्षण थालेको हो । कलेजका प्रयोगशालामा पछिल्लो एक महिनामा गरिएको पाँच हजार २९२ पिसिआर परीक्षणमध्ये ९५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।


कलेजले हाल दुई हजार रुपैयाँ लिएर पिसिआर परीक्षण गर्दै आएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा परीक्षण गर्न ढिला भएका नमुनाको परीक्षण पनि कलेजले गर्दै आएको छ । 

चितवनमा  कलेजसँगै भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण भइरहेको छ ।
 





  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार १४:३०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया