सर्वसाधारणका लागि पशुपतिनाथ मन्दिर खोल्ने तयारी
फाइल फोटो

कारोना भाइरस संक्रमणका कारण लामो समयदेखि बन्द पशुपतिनाथको मन्दिर सर्वसाधारणका लागि खुल्ने भएको छ । दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिर खुला गर्ने तयारी गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

मन्दिर आउने दर्शनार्थीले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताउँदै  कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले भने, ‘दुई÷दुई मिटरको भौतिक दूरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गरिनेछ ।’ मन्दिरका सबै ढोका नखोलिने बताउँदै उनले पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी भएको बताए । मन्दिरभित्र प्रवेश गरेपछि पनि पूरै परिक्रमा गर्न भने पाइने छैन । मुल ढोकाबाट नै दर्शन गरी फर्किनुपर्ने उनले बताए । 

दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै मन्दिर खुला भए पनि विशेष पूजाको व्यवस्था भने नगरिने भएको छ । भण्डारी र भट्टहरुलाई संक्रमणको जोखिम बढी भएकाले तत्काल विशेष पूजाको व्यवस्था नहुने उनले बताए ।

अहिले नित्य पूजा नरोकिए पनि विशेष पूजा र दर्शन गर्न भने रोक लगाइएको छ । सरकारले अन्य सेवा क्षेत्र खुला गरेसँगै धार्मिक स्थल पनि सञ्चालन गर्नुपर्ने माग राख्दै सर्वसाधारणले केही दिन अघि पशुपति क्षेत्रमा प्रदर्शनसमेत गरेका थिए ।
 





  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार १५:३७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया