सेयर बजारको वृद्धि कायमै, बढ्दै गरेको बजारलाई कारोबार रकमको साथ

हप्ताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १ हजार ५७५ दशमलव १८ बिन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा तीन अंक वृद्धि बजारमा १८८ ओटा कम्पनीको रू. २ अर्ब ७४ करोड बराबरको शेयर खरीदविक्री भएको छ । 

कारोबार भएका १८८ ओटा कम्पनीमध्ये ७० ओटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९०  ओटा कम्पनीको शेयर मूल्य घटेको र ७ ओटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।  आइतबार सबैभन्दा बढी कमाउनेमा खानीखोला हाइड्रोपावर कम्पनी बनेको छ । कम्पनीको  सेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ ।  कम्पनीको सेयर मूल्य प्रतिकित्ता रू. ८८ पुगेको छ । त्यसैगरी रिलायन्स फाइनान्सको शेयर मूल्य ९ दशमलव ६६ प्रतिशत वृद्धि भएको छ । सर्वाधिक कारोबार पनि रिलायन्सकै भएको छ ।

उक्त कम्पनीको रू. १९ करोड ४७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । आइतवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६६५ रुपैयाँ कायम भएको छ । सर्वाधिक कारोबार गर्नेमा दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको रहेको छ । 

त्यसैगरी हिमाल दोलखा हाइड्रोपावर कम्पनी र लिवर्टी इनर्जी कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले घटेको हो । कारोबारमा आएका १२ ओटा समूहमध्ये बैकिङ समूहको परिसूचक १ दशमलव ५५ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ४१ प्रतिशत र वित्त समूहको परिसूचक ३ दशमलव ९४ प्रतिशतका दरले वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

सबैभन्दा बढी जलविद्युत् कम्पनीको परिसूचक ४ दशमलव शून्य ६ प्रतिशत घटेको छ ।  केही दिनयता बढेको जलविद्युत् कम्पनीको शेयर मूल्य लगानीकर्ताले प्रोफिट बुक गर्न लागेसँगै घटेको हो ।
 





  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार १६:५५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया