भियतनाममा शक्तिशाली आँधी, तीनको मृत्यु, एक सयभन्दा बढी घाइते

भियतनाममा केही दिनयतादेखि शक्तिशाली आँधी आएको छ । आँधीमा परी तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् ।

भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा यो आँधी आएको छ । नोउल नामको सो आँधीका कारण भौतिक संरचना पनि भत्किएका छन् । यस आँधीमा परेर ११२ जना नागरिक घाइते भएका छन् । सो कुराको जानकारी भियतनामको राष्ट्रिय प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रले दिएको छ ।

भियतनामको मध्य प्रान्त थुवा हेन हाउमा तीन जनाको ज्यान गएको बताइएको छ । सो प्रान्तमा ५० भन्दा बढी नागरिक घाइते भएका छन् । त्यस प्रान्तका १० घर भत्किएका छन् । त्यस्तै यहाँका २६ हजार भन्दा बढी नागरिक नराम्रोसँग प्रभावित भएका छन् । 

यसै वर्षको जनवरीमा पनि त्यहाँ ठूलो आँधी आएको थियो । त्यसमा परी करिब ७८ जनाको ज्यान गएको थियो भने हजारौँ नागरिक घरबारविहीन भएका थिए ।





  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार १७:१२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया