वीरगञ्जमा दुईजना कोरोना संक्रमितको मृत्यु

वीरगञ्जमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको कलैया–१३का ६५ वर्षीय पुरुष र रौतहटको गौरका ६१ वर्षीय पुरुष छन् । 

उनीहरु दुवैको को उपचारका क्रममा आइतबार बिहान नेसनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो ।

सो अस्पतालका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनका अनुसार कलैयाका पुरुषको बिहान ५ बजे र रौतहटका पुरुषको साढे ७ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।

यसँगै बारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।





  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार १७:५०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया