गायक तथा संगीतकार लोचन रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । रिजाल स्वयंले सामाजिक सञ्जाल फेसूबकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
आफूमा कोरोना संक्रमण देखिएको र आइसोलेसनमा बसेको जानकारी दिँदै उनले आफ्नो सम्पर्कमा आएका अरुलाई पनि कोरोना परीक्षण गराउन अनुरोध गरेका छन् ।
रिजालले धुलिखेल अस्पतालमा कोरोना परीक्षण गराएका थिए । उनले शुक्रबार परीक्षण गराउँदा पोजेटिभ आएको बताए ।
उनी अहिले धुलिखेलनजिकैको एक होटलमा आइसोलेसनमा बसेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।