नेपाली कांग्रेसले डा. गोविन्द केसीले अघि सारेका मागलाई गम्भीरतापूर्वक लिन सरकारसँग माग गरेको छ । कांग्रेसको संसदीय दलले यस्तो माग गरेको हो ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आन्दोलनरत सत्याग्रही डा. केसीको माग पूरा गर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा सत्याग्रही डा. केसीले अघि सारेका माग गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौता पालना गर्न माग गरिएको छ ।
स्वास्थ्यमा नागरिकको सहज पहुँच होस् र विपन्न परिवारका छोराछोरीले पनि सुलभ रुपमा चिकित्सा शिक्षा हासिल गर्न पाउनुपर्ने केसीको माग जायज भएको भन्दै सत्याग्रहप्रति ऐक्यबद्धता प्रकट गरेको छ ।
प्रमुख सचेतक खाणले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले ल्याएको स्वास्थ्यसम्बन्धी अध्यादेशलाई कार्यान्वयन गर्नका पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
संसदीय दलले सत्याग्रही केसीको जीवन रक्षाका लागि पनि सरकारसँग माग गरेको छ । अनसनका कारण केसीको स्वास्थ्य बिग्रँदै जाँदा पनि सरकारले माग बेवास्ता गर्नु अत्यन्त दुःखद भएको कांग्रेसको ठहर छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।