सुशान्त घटनामा श्रद्धा र सारासँग प्रहरीले साेधपुछ गर्ने

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अब तीन महिनाभन्दा धेरै भएको छ । तर, उनको आत्महत्या प्रकरणमा दिनहुँ नयाँ नयाँ खुलासा भइरहेका छन् । 

विशेषगरि उनले लागुऔषध प्रयोग गर्ने र उनकी गर्लफ्रेन्ड भनिएकी रिया चक्रवर्ती लागुऔषध कारोबारमा पनि संलग्न भएको विषयमा पछिल्ला दिन भारतीय प्रहरीले अनुसन्धान गरिरहेको छ । अनि यही विषयमा बलिउडका अन्य कलाकार पनि तानिने क्रम बढ्दो छ । 

भारतीय मिडिया लाइभहिन्दुस्तानका अनुसार अब यही विषयमा सोधपुछका क्रममा रियाले बलिउड अभिनेत्री सारा अलि खान र श्रद्धा कपुरको पनि नाम लिएकी छिन् । भारतीय प्रहरीको लागुऔषध ब्यूरोले अब यी दुई अभिनेत्रीसँग लागुऔषधको विषयमा सोधपुछ गर्न सक्नेछ । टाइम्स नाउनका अनुसार यी दुवै अभिनेत्रीको नाम सुशान्त सिंह राजपुतको घटनामा ड्रग्सको सन्दर्भमा नाम आएको थियो । 

सुशान्तको फार्महाउसमा फिल्म ‘छिछोरे’को सफलता पार्टी राखिएको थियो, जसमा श्रद्धा पनि सहभागी भएको बताइएको छ । त्यसैले पनि हुनसक्छ, प्रहरीले यो विषयमा अनुसन्धानका लागि श्रद्धा र सारासँग सोधपुछ गर्ने भएको हो ।






  • प्रकाशित मिति : असोज ५, २०७७ साेमबार १५:४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया