कोरोनाबाट सङ्क्रमितको संख्या ३ करोड १२ लाख नाघ्यो

विश्वभरि कोरोना सङ्क्रमितको संख्या ३ करोड १२ लाखभन्दा बढी भएको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना सङ्क्रमितको संख्या  ३ करोड १२ लाख ४३ हजार ३३९ पुगेको प्राप्त समाचारमा जनाइएको छ । तीमध्ये २ करोड २८ लाख ३५ हजार ६३२ व्यक्ति कोरोना मुक्त भएका छन् ।

चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाबाट हालसम्म मृत्यु हुनेहरूको संख्या ९ लाख ६५ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । 

कोरोनाबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ७० लाख ४ हजार ७६८ भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ४ हजार ११८ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो ।

मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ५४ लाख ८७ हजार ५८०  पुगेको छ ।

ब्राजिलमा १ लाख ३६ हजार ८९५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८७ हजार ९०९ जनाको मृत्यु भएको छ । रुस ११ लाख ०३ हजार ३३९ सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७ लाख ६८ हजार ८९५ व्यक्ति सङ्क्रमित छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहेका छन् । 





  • प्रकाशित मिति : असोज ५, २०७७ साेमबार १५:५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया