आठ जिल्ला जहाँ २ हजारभन्दा बढी कोरोना संक्रमित छन्

नेपालमा केही दिन यता कोरोनाभाइरस संक्रमितको संख्या निकै बढ्दै गएको छ । सोमबार विहानसम्म स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार नेपालमा अब कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ । 

यीमध्ये अहिलेसम्म नेपालमा सबैभन्दा धेरै संक्रमित भेटिएको जिल्ला हो, काठमाडौं । काठमाडौंमा सोमबार विहानसम्म १३ हजार ६ सय १० जनामा कोरोना संक्रमण भेटिएको छ । यीमध्ये ६ सय २ जना त आइतबार मात्र थपिएका हुन् । कोरोनाबाट काठमाडौंमा नै अहिलेसम्म सबैभन्दा धेरै संक्रमितको निधन पनि भएको छ । आइतबार ४ जनाको निधन भएसँगै काठमाडौंमा अब ७६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । 

काठमाडौंपछि सबैभन्दा धेरै कोरोना संक्रमित भएको जिल्ला मोरङ हो । मोरङमा २ हजार ६ सय ९४ जना संक्रमित भेटिएका छन् । मोरङमा अहिलेसम्म कोरोनाका कारण २९ जनाले ज्यान गुमाएका छन् । 

मृत्युकै आधारमा चाहिँ नेपालमा कोरोनाबाट प्रभावित दोस्रो जिल्ला हो, पर्सा । २ हजार ६ सय १२ संक्रमित रहेको पसौमा ४४ जनाले अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

त्यस्तै, सर्लाही, कैलाली र रुपन्देहीमा क्रमशः २३३५, २१५२ र २१०३ जना कोरोना संक्रमित भेटिएका छन् । यी जिल्लाहरुमा क्रमशः ७, ६ र १९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

रौतहट र धनुषामा पनि अब कोरोनाभाइरस संक्रमित २ हजारभन्दा बढी भएका छन् । रौतहटमा अहिलेसम्म ६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । 





  • प्रकाशित मिति : असोज ५, २०७७ साेमबार १६:५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया