काठमाडौं उपत्यकामा सोमबार ६ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौंमा पाँच सय ३८ जना, ललितपुरमा ६२ जना र भक्तपुरमा ७४ जनामा संक्रमण देखिएको हो ।
काठमाडौं उपत्यकामा थपिएका संक्रमित सोमबार देशभर थपिएको आधाभन्दा बढी हो । देशभर सोमबार ११ सय ५४ जनामा संक्रमण देखिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।